free website hit counter

पुजारीलाई किन चाहियो तीनवटा हतियार ?

beemaadmin
२०७७ बैशाख १४, आईतवार

गोरखा । सारा हिन्दूहरुको आस्थाको केन्द्र, त्यही केन्द्रका पुजारी झनै पूजनीय र भगवानका प्रतिनिधि । उनलाई को बाट असुरक्षा होला । त्यो पनि ठिकै छ ल सुरक्षाका हिसावले हतियार राख्ने इच्छा भयो होला । तर त्यति पूजनीय व्यक्तिले व्यक्तिगत सुरक्षाका लागि लिएको हतियार राज्यले प्रतिबन्ध लगाएका वन्यजन्तुको शिकारमा प्रयोग गर्नु कतिसम्म न्यायोचित होला ? गोरखाको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापा मगरले सुरक्षाका लागि भन्दै लिएको बन्दुकले पशुपन्क्षीको शिकार गर्ने गरेको स्थानीयवासीले बताएका छन् । वैशाख ५ गते राति शहीद लखन गाउँपालिका ४ बक्राङको ढोडेनी जंगलमा स्थानीयले उनलाई बन्दुकसहित नियन्त्रणमा लिएका थिए । शिकार खेल्नकै लागि उनी त्यहाँ गएको स्थानीयको दाबी छ । पुजारी मगरसँग इजाजतसहितका तीनवटा हतियार छन् । त्यसमा एकनाले भरुवा बन्दुक, २२ बोरको राइफल र १२ बोरको बन्दुक रहेको छ । दुईवटा बन्दुक उनले शुक्रबार प्रहरीलाई बुझाएका छन् ।स्थानीयवासीले चाहिँ सुरक्षाका लागि लिएको बन्दुक मगरले शिकार खेल्न प्रयोग गर्दै आएको दावी गरेका छन् । मन्दिरको कामबाट फुर्सद पाउने वित्तिकै शिकार खेल्न हिँडिहाल्ने गरेको स्थानीयको आरोप छ । पुजारी मगरले कालिज, दुम्सी, तित्रा, मृग लगायतका जनावरको शिकार गर्ने गरेको स्थानीयबासी बताउँछन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार