free website hit counter

पुनमको के नाटक हो यो ?

beemaadmin
२०७७ आश्विन १२, सोमबार

बिहेको १२ दिनमै श्रीमानलाई यौन हिंसाको आरोपमा पक्राउ गराउने पुनम पाण्डे फेरि मेरो जीवन, मेरा प्यारा भन्दै उनै श्रीमानसँगै देखिएकी छिन् । सेलिब्रिटीको जीवनमा कहिले के हुन्छ, त्यो थाहा पाउन मुश्किल छ । फिल्ममा त ट्विस्ट देख्न पाइन्छ भने कलाकारको नीजि जीवनमा थुप्रै नाटकीय मोड आइरहन्छन् । यसको सबैभन्दा ठूलो उदाहरण पूनम पाण्डे हुन् । पूनम पाण्डेले हालै विवाह गरेकी थिइन् । विवाहको १२ दिनपछि नै उनले श्रीमान् स्याम बम्बेमाथि कुटपिटको आरोप लगाइदिइन् । एफआईआरसमेत दर्ता गरिन् । एक–अर्कालाई आरोप प्रत्यारोपको ओइरो लागे । तर अब यी दुईको पुनर्मिलन भएको छ ।
स्यामसँग विवाह गरेर जीवन बर्बाद भएको बताउने पूनम पाण्डेले अब उनले श्रीमान् स्यामलाई असाध्यै माया गर्ने बताइन् । उनले स्यामसँग आफ्नो मतभेद सुल्झाएको पनि बताइन् । एक भारतीय समाचार एजेन्सीलाई दिएको अन्तरवार्तामा पूनम पाण्डे र स्यामले आफूहरु पुनः एक भएको बताए । यसबारे पूनम भन्छिन्, ‘हामी आफ्नो मतभेद सुल्झाउने कोसिस गरिरहेका छौं । निकै हदसम्म कुरा मिलिसकेको पनि छ ।’ यस्तै स्यामले त सबैकुरा ठिक भइसकेको दाबी गरे ।
स्यामले विवादको कुरालाई बढाईचढाई गरेर देखाएको बताए । उनी भन्छन्, ‘सबैकुरा बिग्रिएको थियो । सानो कुरालाई निकै बढाएर देखाइयो । तर त्यस्तो केही पनि थिएन ।’ यस्तै पूनम पाण्डेले आफू स्यामलाई पागलले झैं माया गर्ने बताइन् । हरेक विवाहमा विवाद हुने तर त्यसलाई सुल्झाउन सक्ने उनको मान्यता छ । यतिबेला उनी निकै खुसी छिन् ।
पूनम पाण्डे बिस बसको नयाँ संस्करणमा देख्न सकिने अनुमान गरिएको छ र यो विवाद पनि त्यसैले निम्त्याइएको हुनसक्ने बताइएको छ । तर पूनमले यस्ता आरोप अस्विकार गर्दै आफू बिग बोसमा नजाने घोषणा गरेकी छिन्

सम्बन्धित समाचार