free website hit counter

पुनर्बीमा कम्पनीको सुरक्षामा बीमा ऐन

beemaadmin
२०७९ कार्तिक १६, बुधबार

काठमाडाैं । खुला बजार अर्थतन्त्रलाई अंगिकार गरेको मुलुकमा व्यवसायीले आफूले रोजेको कम्पनीसँग व्यवसाय गर्न पाउनुपर्छ । तर यहाँ कतिसम्म चलखेल हुन्छ भने कुनै कम्पनीको भलाईका लागि ऐनमै व्यवस्था गरिएको हुन्छ । नयाँ बीमा ऐन २०७९ ले पुनर्बीमा कम्पनीहरुको व्यवसाय सुनिश्चित गरि दिएको छ । बीमा ऐनको दफा ८१ को उपदफा (ग) मा स्वदेशमा कार्यरत बीमकले देशभित्र स्थापित पुनर्बीमकसँग प्राधिकरणले तोकेको प्रतिशत भन्दा कम नहुने गरी अनिवार्य रुपमा पुनर्बीमा गराउनु पर्ने व्यवस्था उल्लेख छ । त्यस अनुसार हाल सञ्चालनमा रहेका दुई पुनर्बीमा कम्पनीहरुले स्वादेशी बीमा कम्पनीहरुबाट अनिवार्य व्यवसाय पाउने भएका हुन् ।
पुनर्बीमा व्यवसाय गर्ने बीमकले जीवन तथा निर्जीवन दुबै बीमा व्यवसायको पुनर्बीमा स्वीकार गर्न सक्नेछन् । यस्तै पुनर्बीमा व्यवसाय गर्ने बीमकले विदेशी बीमा कम्पनी वा पुनर्बीमा कम्पनीबाट स्वीकार गर्न वा त्यस्तो बीमा कम्पनीलाई पुनर्बीमा दिन सकिने पनि ऐनमा उल्लेख छ । पुनर्बीमा व्यवसाय गर्ने बीमकले त्यस्तो व्यवसाय आफैँ वा बीमा दलाल मार्फत गर्न सकिने ऐनमा व्यवस्था छ ।
हाल जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले शतप्रतिशत पुनर्बीमा नेपाली पुनर्बीमा कम्पनीलाई दिन सकिने व्यवस्था छ । जीवन बीमा कम्पनीले पुनर्बीमा कम्पनीलाई प्रदान गरेको प्रत्यक्ष हिस्सा पश्चात बाँकी रहेको हिस्साको शत प्रतिशतसम्म पुनर्बीमा नेपाली पुनर्बीमा कम्पनीमा दिन सकिने व्यवस्था गरेको थियो । यस्तै निर्जीवन बीमा कम्पनीहरुले भने ट्रिटी पुनर्बीमा अन्तर्गत पुनर्बीमा गर्दा सरकारले निर्धारण गरेको प्रत्यक्ष हिस्सा वापतको हिस्सा स्वदेशी पुनर्बीमकलाई प्रदान गरेपश्चात बाँकी रहेको हिस्साको प्रथम वर्ष कम्तिमा १५ प्रतिशत र दोस्रो वर्षदेखि कम्पनीमा २० प्रतिशत पुनर्बीमा प्रत्येक पुनर्बीमा कम्पनीलाई प्रदान गर्नुपर्ने व्यवस्था छ ।
निर्जीवन बीमा कम्पनीहरूले पुनर्बीमकलाई प्रदान गरेको प्रत्यक्ष हिस्सा पश्चात बाँकी रहेको हिस्साको शत प्रतिशतसम्म पुनर्बीमा नेपाली पुनर्बीमालाई दिन सकिने व्यवस्था गरेको छ । समितिले पुनर्बीमा कम्पनीहरुलाई बीमा कम्पनीहरुबाट प्राप्त सरकारले तोकेको हिस्सा अस्वीकार गर्न नसकिने व्यवस्था पनि रहेको छ ।

सम्बन्धित समाचार