free website hit counter

पुनर्बीमा निर्देशन सच्याउन बन्यो अर्को कमिटी

beemaadmin
२०७८ पुष २३, शुक्रबार

काठमाडौं । अन्तर्राष्ट्रिय मूल्य मान्यता र खुल्ला बजार अर्थतन्त्रलाई चुनौती दिने गरी कोही कसैको स्वार्थका लागि कोही प्रयोग हुनु हुँदैन । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुले नेपालमै सबै पुनर्बिमा गर्नु पर्ने निर्देशन दिँदा खुल्ला बजार अर्थतन्त्र, बीमाको अन्तर्राष्ट्रिय मान्यतालाई चुनौती दिइएको थियो । चौतर्फी विरोधको सामना गरिरहेको बीमा समितिले सो निर्णयलाई सच्याउन सात सदस्यीय कमिटी गठन गरेको छ।

सो कमिटीले उक्त निर्देशनलाई के कसरी कार्यान्वयनमा लैजान सकिन्छ भनेर बिस्तृत अध्ययन गर्ने भएको छ। अध्ययन अनुसार समितिले उक्त निर्देशनलाई कार्यान्वयनमा लैजाने छ। गठित कमिटिमा बीमा कम्पनीहरुका प्रतिनिधि रहेकोले उनीहरुले के कस्तो व्यवसाय नेपाल भित्र राख्ने र के कस्तो व्यवसाय नेपाल बाहिर जान दिने भन्ने सुझाव दिनेछन् ।

Advertisement
Advertisement

गठित कमिटीले पुनर्बिमा मार्फत अत्याधिक मात्रामा बाहिरिने गरेको रकमलाइ न्यूनीकरण गर्ने उपाय पनि खोज्ने बताइएको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा गठन गरिएको कमिटिमा जीवन बीमा,निर्जीबन बीमा र पुनर्बिमा कम्पनीहरुका प्रमुखहरुलाई सदस्यका रुपमा राखिएको छ। निर्जीवन बीमा कम्पनीका तर्फबाट दुई जना, दुई वटा पुनर्बिमा कम्पनीको तर्फबाट एक–एक जना, जीवन बिमा कम्पनीको तर्फबाट एक जनासहित सदस्य सचिवका रुपमा समितिकै एक कर्मचारी कमिटिमा राखिने छ ।

Advertisement
Advertisement

समितिले गत मंसिर ९ गते जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिँदै स्वदेशी पुनर्बीमा कम्पनीहरुमा पुनर्बीमा गर्न अनिवार्य गरेको थियो । नेपाल भित्रै सबै जोखिम राख्दा त्यसको असर उल्टो पर्ने भन्दै उनीहरुले बिरोध गर्दै आएका हुन्। खुला बजारमा स्वतन्त्र पूर्वक कारोबार गर्न पाउने अधिकार समेत कुण्ठित पारिएको उनीहरुको आरोप थियो। अर्को तर्फ नेपालको पुनर्बिमा कम्पनीहरुको बजार सुनिश्चित गर्न समितिले भूमिका निर्वाह गरेको समेत बजारमा चर्चा थियो।

सम्बन्धित समाचार