free website hit counter

पुराना अभिकर्तालाई सुद्धिकरण किन आवश्यक छ ?

beemaadmin
२०८० आश्विन २४, बुधबार

बीमा अभिकर्ता बीमा कम्पनीका मेरुदण्ड हुन् भन्ने निश्चित छ । अभिकर्ताले बीमित र बीमकको हकहितमा काम गर्नु नै गहन कर्तव्य हो । यस सम्बन्धी ज्ञान सबै अभिकर्तामा पाइँदैन, जसले गर्दा बीमालेखको गलत बिक्री भई हाम्रो बीमा बजारमा नकारात्मक सन्देश गइरहेको छ भने आर्थिक लोभले कतिपय बीमितको ज्यान नियोजित षड्यन्त्रबाट गइरहेको छ । जस्तै मिति २०७९ कात्तिक ५ गते सप्तरीमा आफ्नै श्रीमतीले श्रीमानलाई करेन्ट लगाउँदा ३७ वर्षीय शिवशंकर दासको मृत्यु भयो । त्यस्तै बाँकेको कोहलपुरमा २१ वर्षीय सर्जन बीकको पनि ०७९ साउनमै हत्या भयो । त्यस्तै रौतहटमा रामकिशोर यादवले बीमा रकमका लागि आफ्नै चार वर्षीया छोरीको हत्या गरे । यी त नमूना मात्रै हुन् यस्ता घटना समाजमा कति भएका छन् कति ? यसको प्रमुख कारण भनेको बीमा अकिर्ताको चेतना कमी हुनु हो । बीमा अभिकर्तालाई पूर्ण सक्षम बनाउने बीमकले हो । तर सबै बीमक सफल भएनन् । फलस्वरुप विविध घटनाक्रम जारी छ । जसको विभिन्न कारण विस्तृत रुपमामा व्याख्या गरिन्छ ।

बीमा अभिकर्ता बीमक आफैंले नियुक्त गर्नु
बीमा अकिर्तालाई दिइने आधारभूत तालिम कम्तिमा घठार घण्टाको हुनुपर्दछ तर बीमकहरुले एक घण्टाको तालिम र शैक्षिक योग्यताको आधारभा अभिकर्ता नियुक्त गरी दिन्छन् । जसले गर्दा आचारसंहिता, सम्पत्ति सुद्धिकरण, बीमा ऐन, बीमकको प्रडक्ट लगायत सबैलाई समेट्न सक्दैनन् मात्र आफ्नो कम्पनीमा बीमाशुल्क कसरी बढाउनेमा केन्द्रीत हुन्छन् ।

एजेन्सी म्यानेजरको भूमिका
जीवन बीमामा निश्चित बीमाशुल्कको टार्गेट पुगेपछि अभिकर्तालाई एजेन्सी म्यानेजरमा नियुक्त गरिन्छ । जसले गर्दा उक्त व्यक्ति आफू बीमा बजार नखोजी नयाँ एजेन्ट बनाउनतर्फ लाग्दछ । हालसम्मको स्थितिमा बीमा अभिकर्ता बन्नलाई एसएलसी वा सो सरह पास गरी नागरिकता प्रमाणपत्रद्द भएको र १६ वर्ष पार गरेको हुनुपर्दछ । तिनै एजेन्सी म्यानेजरहरुले आवश्यक सामग्री मागेर अभिकर्ताको इजाजत दिइराखेका छन् ।

यसको विकृति
बिना तालिम बीमा अभिकर्ता भएका धेरै छन् जसले आफ्नो पनि बीमा गर्दैनन् अरुको पनि गराउन सक्दैनन् । गराइहाले पनि गलत व्याख्या गरीरहेको पाइन्छ ।

बीमा अधिकर्ताको संख्याले बीमालाई प्रोत्साहन गर्न सक्दैन
बीमकहरुले बुझ्नै पर्ने कुरा भनेको धेरै अभिकर्ता भएर होइन गुणस्तरीय अभिकर्ता मात्र बीमा बजारमा विस्तार गर्न सक्छ । बिना तालिम, ज्ञान अभिकर्तालाई बजारमा पठाउँदा नकारात्मक झट्का लाग्ने निश्चित छ। किनकि एएटा बीमकमा सात हजार अभिकर्ता सक्रिय छन् भने उक्त बीमकको व्यापा राम्रो हुन्छ । अझ यसै सन्दर्भमा जीवन बीमा कम्पनीको एउटा शाखामा सात जना सक्रिय अभिकर्ता भएमा उक्त शाखा शायद ठूलो बीमा व्यवपार गर्नेमा पर्दछ ।

संख्यामा होइन गुणस्तरमा ध्यान जाओस्
कतिपय बीमक भन्छन्, हाम्रो एजेन्सी फोर्स एक लाख छ तर सक्रिय अभिकर्ता भयो भने एक लाखलाई पाँच हजार अभिकर्ताको व्यापारले निश्चित जित्दछ ।

अभिकर्ताको सुद्धिकरण किन आवश्यक छ ?
हिजो आज देखिएको केही विकृतिमा बीमा कम्पनीहरु नै दोषी छन् । बीमक आफैंले भर्ना गरेको बीमा अभिकर्ताको गुणस्तर जाँच्न जरुरी छ अनि विकृति कहाँबाट शुरु भयो भनेर थाहा हुन्छ बीमकले इजाजत दिएका अभिकर्ताको रेकर्ड राखेर प्रत्येक बीमकको अभिकर्तालाई नेपाल बीमा प्राधिकरणले परीक्षा लिन जरुरी छ किनकि बीमा लेख होइन सुरक्षाको प्रत्याभूति हो । सर्वप्रथम सबै बीमकको अभिकर्तालाई बीमा प्राधिकरणले परिक्षामा सामेल गराइनु पर्दछ ।
बीमा अधिकर्तालाई नयाँ इजाजत दिनको लागि बीमा प्राधिकरणको परीक्षामा ५० प्रतिशत अंक ल्याई उत्तीर्ण हुनु पर्दछ यो सकारात्मक प्रक्रिया हो भने पुरानालाई सोही प्रक्रियामा सामेल गर्दा समग्र बीमा व्यवसायमा सकारात्मक प्रभाव पार्दछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार