free website hit counter

पुस मसान्तमा सानिमा जनरल इन्स्योरेन्सको साधारणसभा

beemaadmin
२०७८ पुष १०, शनिबार

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले पुस ३० गते साधारण सभा आह्वान गरेको छ । स्मार्ट क्याफे ब्याक्वेंट धुम्रबाराही, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने जनाएको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७७–०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७७–०७८ आषाढ मसान्तको वासलात, मिति २०७१।०४।०१ गते देखि २०७८–०३–३१ गते सम्मको नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु तथा एनएफआरएस बमोजिमको वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, सभाले कम्पनी ऐन, २०६३ को दफा १११३० बमोजिम आर्थिक वर्ष २०७८–०७९ को लागि बाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने । ९वर्तमान लेखापरीक्षक कानूनल पुनः नियुक्त हुन योग्य रहेको लगायतका विभिन्न प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका पुस १९ गते बन्द गर्ने जानकारी गराएको छ । यस आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार