free website hit counter

पूर्वराजा ज्ञानेन्द्र शाहकी नातिनी कृतिकाले स्विट्जरल्यान्डबाट स्नातक अध्ययन पूरा गरिन्

beemaadmin
२०८३ श्रावण ११, सोमबार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहकी नातिनी कृतिका राज्यलक्ष्मी शाहले स्विट्जरल्यान्डको प्रतिष्ठित ग्लिओन इन्स्टिच्युट अफ हायर एजुकेसनबाट स्नातक तहको अध्ययन पूरा गरेकी छन्।

२३ वर्षीया कृतिकाले आतिथ्यता व्यवस्थापन (हस्पिटालिटी म्यानेजमेन्ट) विषयमा स्नातक उपाधि हासिल गरेकी हुन्। उनको दीक्षान्त समारोहमा सहभागी भएका तस्बिर र भिडियोहरू हाल सार्वजनिक भएका छन्।

कृतिकाले अध्ययन गरेको ग्लिओन इन्स्टिच्युट हस्पिटालिटी शिक्षाका लागि विश्वका प्रतिष्ठित शैक्षिक संस्थामध्ये एक मानिन्छ। सन् १९६२ मा स्थापना भएको उक्त संस्थाले विभिन्न अन्तर्राष्ट्रिय विषयगत मूल्याङ्कनमा विश्वका उत्कृष्ट हस्पिटालिटी कलेजहरूको सूचीमा स्थान बनाउँदै आएको छ।

यसअघि कृतिकाले आफ्नो विद्यालय तहको शिक्षा थाइल्यान्डबाट पूरा गरेकी थिइन्। स्नातक अध्ययन सम्पन्न गरेसँगै उनले आतिथ्यता व्यवस्थापन क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक योग्यता हासिल गरेकी छन्।

सम्बन्धित समाचार