free website hit counter

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा रिमोट कन्ट्रोल बम विष्फोट

beemaadmin
२०७६ फाल्गुन २८, बुधबार

काठमाडौं । सेक्युरिटी प्रेस खरिद प्रकरणमा कमिशनको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि एकाएक सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पदबाट राजीनामा बुुझाएका गोकुलप्रसाद बाँस्कोटाको घरमा रिमेट कन्ट्रोलबाट प्रेसरकुकर बम विष्फोट गराइएको प्रहरीको प्रारम्भिक अनुसन्धनबाट खुलेको छ । भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले पूर्व मन्त्री बास्कोटाको घरको कम्पाउन्डभित्र प्रेसरकुमार बम राखेर रिमोट कन्ट्रोलमार्फत् विष्फोट गराइएको देखिएको बताउँदै घटनास्थल प्रेसरकुकरका टुक्रा र विष्फोटमा प्रयोग हुने सामग्रीहरु मेटिएको जानकारी दिएका छन् ।

Advertisement
Advertisement

लोकन्थलीस्थित बाँस्कोटाको निर्माणधीन घरमा बिहान ७ बजेर ४५ मिनेटमा उक्त विष्फोट भएको हो । विस्फोटले सो पर्खालको एउटा भाग भत्किएको छ। प्रेसर कुकर बमको चोइटाले घरको बाहिर भित्तामा सामान्य क्षति पुगेको छ। पुरानो एक तले घरलाई तीन तले बनाउने काम भइरहेको सो घरमा बम विष्फोट भएको हो । बाँस्कोटा अहिले बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा बस्दै आएका छन्। विष्फोटबाट बाँस्कोटाका दुई छिमेकीका घरका सिसा फुटेका छन् भने छेऊमा रोकेर राखिएको बा १९ च नम्बर ४७८१ को मारूती भ्यानमा क्षति पुगेको देखिन्छ ।

Advertisement
Advertisement

सम्बन्धित समाचार