free website hit counter

पैसा नभएको चेक काट्दा ६० लाख जरिवाना

beemaadmin
२०७८ भाद्र २०, आईतवार

काठमाडौं । सिभिल बैंकको बाउन्स चेक काट्ने ईलामका टंकनाथ कट्टेलल पक्राउ परेका छन् । ईलाम देउमाई गाविस ९ साविक जितपुर ४ घर भई हाल बिर्तामोड ५ मंगलदिप बस्ने वर्ष ४३ को टंकनाथ कट्टेलल लाई प्रहरीले पक्राउ गरेको हो ।
उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी सिभिल बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट गत वर्ष माघमा बैंकिङ कसुरको सजाय तोकिएको थियो ।

उनलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम ७ दिन कैद र ६० लाख जरिवाना ठहर भएको थियो । तर, उनी फरार थिए । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले निज प्रतिबादीलाई बिर्तामोड,झापाबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालतमा पेश गरिएको हो । उनलाई अब ६० लाख रुपैयाँ जरिवाना र ७ दिन जेलमा राखिनेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार