free website hit counter

पोर्न फिल्म काण्डमा अर्की अभिनेत्री मुछिइन्, कुन्द्रासँग थियो ५० प्रतिशतको डील

beemaadmin
२०७८ श्रावण ७, बिहीबार

एजेन्सी । अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा कानुनी झमेलामा फसेका छन् । सोमबार २ घण्टाको सोधपुछपछि उनलाई गिरफ्तार गरिएको थियो । मंगलबार अदालतले उनलाई २३ जुलाइसम्म पुलिस हिरासतमा पठाएको छ । राज कुन्द्रामाथि अश्लील फिल्म बनाउको र ती फिल्मलाई एपमार्फत सार्वजनिक गरेको आरोप छ । यो केसमा नयाँ नयाँ खुलासाहरु भइरहेका छन् । पछिल्लो समय अभिनेत्रीहरु शर्लिन चोपडा र पूनम पाण्डेको पनि राज कुन्द्रासँग सम्बन्ध भएको देखिएको छ । महाराष्ट्र साइबर सूत्रको हवाला दिँदै एक भारतीय मिडियाले लेखेअनुसार यो केसमा शर्लिन चोपडा र पुनम पाण्डेको नाम आरोपीको रुपमा आएको थियो । उनीहरुको बयान महाराष्ट्र साइबरले रेकर्ड गरेको थियो जुन बयानमा कथित रुपमा दुवैले राज कुन्द्राविरुद्ध आरोप लगाएका थिए । राज कुन्द्रालाई गत वर्ष अदालतले अन्तरिम जमानत दिएको थियो र जमानत आवेदनमा अन्तिम सुनुवाइ यो महिनाको अन्त्यमा हुने तय छ ।
स्रोतका अनुसार शर्लिन चोपडाको राज कुन्द्राको फर्म आर्म्सप्राइम मिडियासँग सम्झौता थियो । यो सम्झौता भारतबाहिरका कम्पनीका केही एपको लागि अश्लील सामग्री उपलब्ध गराउने थियो । उनका पूर्व वकिल चरणजीत चन्द्रपालका अनुसार शर्लिन सेमी पोर्नोग्राफीको साथमा आफ्नो एप चलाउँथिन् । यो पार्ट टाइम काम त्यति राम्रो चलिरहेको थिएन । केही समयपछि शर्लिनलाई राज कुन्द्राले आफ्नो लागि उपयुक्त व्यक्तिको रुपमा फेला पारे । राजले शर्लिनलाई नाफाको ५० प्रतिशत दिने भनेका थिए । यो सम्झौतामा राजले स्वयं हस्ताक्षर गरेका थिए । जुन २०१९ र जुलाइ २०२० को बीचमा उनले राम्रो कमाइ गरे । शर्लिनलाई भने सम्झौता अनुसार पैसा नपाएको महसुस भयो त्यसपछि उनले एक वर्षपछि सम्झौता समाप्त गर्न भनिन् । शर्लिनले फेरि आफ्नै एप बनाइन् र केही महिनासम्म यो एप राम्रो चल्यो । तर अगस्ट २०२० मा उनको सामग्री पाइरेसी भइरहेको थियो र उनले स्वयं एउटा उजुरी दर्ता गराएकी थिइन् । फेब्रुअरी २०२१ पछि उनले एक बयानमा आफूलाई राज कुन्द्राले पोर्न उद्योगमा धकेलेको आरोप लगाइन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार