free website hit counter

प्रकाशमानको क्षेत्रमा चुनाव लड्ने रमेश खरेलको घोषणा

beemaadmin
२०७९ असार ५, आईतवार

काठमाडौं । आफूलाई भ्रष्टाचार र बेथितिविरुद्धको अभियन्ता बताउने नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल प्रतिनिधिसभाका लागि काठमाडौं क्षेत्र नं १ बाट चुनाव लड्ने घोषणा गरेका छन् । उनको उम्मेदवारीलाई पार्टीले केही दिनभित्रै औपचारिक घोषणा गर्ने जनाएको छ। यो नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जित्दै आएको चुनावी क्षेत्र हो। २०७४ सालको चुनावमा साझा पार्टीका रविन्द्र मिश्रले सिंहसँग प्रतिष्पर्धा गरेका थिए। अहिले भने उनले पार्टीको अध्यक्षबाट राजीनामा दिइसकेका छन् र फेरि चुनाव लड्नेबारेमा केही बोलेका छैनन्।
यही क्षेत्रबाट यसपालिको निर्वाचनमा ‘स्वतन्त्र’ पुकार बमले पनि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्। खरेलले आफ्नो उम्मेदवारी पक्कापक्की जस्तो भइसकेको र केही दिनभित्र पार्टीले त्यसको आधिकारिक घोषणा गरेपछि चुनावी अभियान सुरू गर्ने बताएका छन्। जित्छु वा हार्छु भनेर अहिले नै भन्दिनँ। तर यो क्षेत्रमात्रै होइन देशका धेरै ठाउँहरूमा रमेश खरेलहरू अब सांसद बन्नुपर्छ भन्ने सन्देश दिन उम्मेदवारी घोषणा गरेको हुँ, खरेलले भने, पटक–पटक देश र जनतामाझ टेस्टेड भइसकेको मान्छे हुँ। यसपालि जनताले भोट दिएरै परिक्षा पास गराउनुहुन्छ।
यसअघि उनले काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्ने तयारी गरेका थिए। तर उम्मेदवारी भने दिएनन्। नेपाल प्रहरीको डिआइजीबाट अवकाश प्राप्त उन भ्रष्टाचारविरूद्धको अभियान हुँदै पार्टीको अध्यक्षसमेत भएका छन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार