free website hit counter

प्रचण्डको स्वास्थ्य अवस्था सुधारोन्मुख, अझै एक–दुई दिन अस्पतालमै रहने

beemaadmin
२०८३ जेष्ठ १७, आईतवार

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएको छ। चिकित्सकहरूको सल्लाहअनुसार उनी अझै एक–दुई दिन ललितपुरस्थित मेडिसिटी अस्पतालमै उपचाररत रहने भएका छन्।

उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार हाल प्रचण्डको अवस्था सुधारोन्मुख रहेको छ र चिकित्सकहरूले थप निगरानीका लागि केही दिन अस्पतालमै राख्न सुझाव दिएका छन्।

Advertisement
Advertisement

विगत केही दिनदेखि अस्वस्थ रहेका उनलाई स्वास्थ्य अवस्था बिग्रिएपछि शनिबार बिहान अस्पताल भर्ना गरिएको हो। चिकित्सकहरूले उनलाई रुघा, ज्वरो र हल्का निमोनियाको समस्या देखिएको बताएका छन्।

Advertisement
Advertisement

यसैबीच, अस्पतालमै पुगेर उनलाई भेटेका नेकपाका युवा नेता रामप्रसाद सापकोटाले पनि स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै निमोनिया बाहेक अन्य कुनै समस्या नभएको र बाहिर आएका केही फोटो तथा सामग्री एआई निर्मित तथा अफवाह भएको दाबी गरेका छन्।

सम्बन्धित समाचार