free website hit counter

प्रचण्ड र ओलीको अर्थपूर्ण भेट

beemaadmin
२०८३ बैशाख ४, शुक्रबार

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अस्पतालमा भेट गरेका छन्। पत्थरीको शल्यक्रियापछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई भेट्न प्रचण्ड बिहीबार साँझ करिब सवा ५ बजे पुगेका थिए। उनी करिब ३० मिनेट अस्पतालमा बसेको बताइएको छ।

एमाले सचिव पद्मा अर्यालका अनुसार प्रचण्डले ओलीको स्वास्थ्यलाभको कामना गरेका थिए। एमाले र नेकपाबीच सहकार्यको चर्चा चलिरहेका बेला यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

अर्यालले भनिन्, “उहाँ स्वास्थ्यलाभको कामना गर्न आउनुभएको हो, थप विषयबारे मैले बुझ्नुपर्छ।”

स्रोतका अनुसार नेकपा र एमालेका केही नेताबीच भएको छलफलपछि प्रचण्ड–ओली भेट भएको हो। यसअघि ओलीको सन्देश लिएर एमालेका दुई पदाधिकारीले नेकपाका शीर्ष नेताहरूसँग भेट गरी आगामी सहकार्यबारे छलफल गरेका थिए।

त्यसपछि नेकपा संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलगायत नेताहरूसँग करिब चार घण्टा छलफल भएको बताइन्छ। त्यस छलफलपछि प्रचण्ड ओलीलाई भेट्न अस्पताल पुगेका थिए।

आज पुनः एमालेका एक पदाधिकारीले प्रचण्डसँग भेट गरी नेकपा–एमाले सहकार्यबारे कुराकानी गरेको स्रोतको दाबी छ।

सम्बन्धित समाचार