free website hit counter

प्रदुषणबाट बच्न जोरबिजोर प्रणाली लागू गर्नेदेखि विद्यालय बन्द गर्नेसम्मको तयारी

beemaadmin
२०७७ चैत्र १६, सोमबार

काठमाडौं । राजधानी लगायत देशका विभिन्न स्थानमा बढेको वायु प्रदूषणबाट बच्न जोरबिजोर प्रणाली लागू गर्नेदेखि विद्यालय बन्द गर्ने तयारी थालेको छ । केही दिन यता काठमाडौँलगायत देशभर एकाएक बढेको प्रदुषण बिहान र बेलुका झनै खतरनाक हुने गरेको पाइएको छ । हावाको बहावले गर्दा यस्तो हुने गरेको वातावरणविद्हरुको भनाइ छ । बिहान र राति जमिनको सतहमा रहेको हावा माथि जान्न तर दिउँसो अलिअलि बतास चल्छ र सतहको हावा माथि जान्छ, वातावरणविद् तथा वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले भने, त्यसैले दिउँसोको तुलनामा बिहान बेलुका प्रदुषण झनै खतरनाक हुन्छ । विभागले बिहान र बेलुका झनै सचेत हुन सर्वसाधरणलाई आग्रह गरेको छ । बिहान पख केही दिनसम्म प्रातकालीन पद यात्रा नगर्न पनि वातावरणविद्हरुले सल्लाह दिएका छन् । विभागका अनुसार शनिबारको तुलनामा आइतबार प्रदुषणमा थोरै सामान्य सुधार भए पनि आइतबारको प्रदुषण पनि मानव स्वास्थ्यका लागि अत्यन्त घातक छ । सोमबारसम्म प्रदुषणमा सुधार नआए विभागले सरकारलाई केही कदम चाल्न सुझाव दिने तयारी गरेको छ । प्रवक्ता जोशीका अनुसार सोमबारदेखि सवारीसाधनमा जोर बिजोर प्रणाली लागु गर्न, स्कूल कलेज बन्द गर्न जस्ता सुझाव दिने तयारी विभागले गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार