free website hit counter

प्रधानमन्त्रीको टिममै विदेशी जासुस ?

beemaadmin
२०७६ कार्तिक २७, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय र सल्लाहकार टिममा आमूल परिवर्तन ल्याउन लागेका छन् । आफ्नो वरिपरि केही विदेशी सुरकीहरु रहेको सूचना प्राप्त गरेपछि प्रधानमन्त्रीले सचिवालय र सल्लाहकार बदल्ने निर्णय लिएको बुझिएको छ । विशेषगरी पश्चिमा मुलुकका सुराकीहरु ज्यादा रहेको महसूस प्रधानमन्त्रीले गरेको बताइन्छ ।
गत भदौमा चिनियाँ विदेशमन्त्री वाङको नेपाल आगमनसँगै ओलीले आफ्नो वरिवरि विदेशीको सुराकी भएको सङ्केत पाएका हुन् । कार्यक्षमता र कार्यशैलीसमेत कमजोर भएको भनी आलोचना खेपिरहेको उक्त टोलीमाथि केपी ओलीलाई मुठ्ठीमा राखेर नचाउन खोजेको आरोप पनि सत्तारुढ पार्टीबाटै लाग्न थालेको थियो ।
ओलीको लोकप्रियता ह्रास आउनु र कार्य प्रभावकारी नहुनुमा पनि सचिवालय र सल्लाहकार टोली नै जिम्मेवार रहेको ठानिन्छ । त्यसैले गत साता प्रधानमन्त्रीको आदेशपछि सबै सल्लाहकार र सचिवालय सदस्यहरुले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको वरिपरि रहेनहरुमा ट्रेड युनियन नेता विष्णु रिमाल, डा. कुन्दन अर्याल, राजन भट्टराई, रामशरण बजगाईं, इन्द्र भण्डारी, राजेश बज्राचार्य, अच्युत मैनाली, चेतन अधिकारी र अस्कर अली हुन् ।– घटना र विचार साप्ताहिकबाट

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार