free website hit counter

प्रधानमन्त्रीलाई कहाँबाट चढ्यो पशुपति दर्शनको इच्छा ?

beemaadmin
२०७७ माघ १३, मंगलवार

काठमाडौं । आफूलाई कम्युनिष्ट भन्नेहरु आफूलाई कम्युनिष्ट भन्छन् । ९० प्रतिशत हिन्दू धर्मावलम्बी रहेको मुुुलुकलाई धर्म निरपेक्ष राष्ट्र बनाएकाहरु अहिले हिन्दू धर्मको एजेन्डा लिएर फेरि जनतामाझ जान थालेका छन् । यही बेला प्रधानमन्त्रीले पनि हिन्दू धर्मावलम्बीको मन जित्न पशुपतिमा पूजा गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गरेका छन्।
धर्मपत्नी राधिका शाक्यसहित बिहान करिब आठ बजे पशुपतिनाथ मन्दिर पुगेका प्रधानमन्त्री ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गरेका छन्। सो अवसरमा उनले पशुपति क्षेत्रका गतिविधिका बारेमा पनि जानकारी लिएका छन् । पशुपति क्षेत्रलाई विश्वको वैदिक सनातन धर्मावलम्बीको पवित्र स्थलका रूपमा विकास गर्न उनले निर्देशनसमेत दिएका छन् । विशेषपूजापछि पशुपतिका मूल भट्ट रावल गणेश भट्टले प्रसाद लगाइदिएका थिए। मूलसहित चारैजना भट्ट विशेष पूजामा सहभागी रहेको कोषले जनाएको छ ।
त्यसो त जनताको मन जित्न प्रधानमन्त्रीले जनयुद्धलाई कुहिएको फर्सि भन्दै गर्दा जनयुद्धका घाइने र अपाङका लागि राहतको व्यवस्था पनि गर्न लागेका छन् ।

सम्बन्धित समाचार