free website hit counter

प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना

beemaadmin
२०७६ मंसिर १०, मंगलवार

काठमाडौं । मृगौलाको चौथो डायलोसिस गरेको दुई दिनपछि स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

परीक्षणका क्रममा चिकित्सकले भर्ना भएर बस्न सल्लाह दिएपछि उनी भर्ना भएको बताइएको छ । पछिल्लो समय राजधानीको ग्राण्डी अस्पतालमा मिर्गौलाको डायलासिस गरिँदै आएको छ । हालसम्म प्रधानमन्त्री ओलीको चारपटक डायलासिस भएको छ । अस्पतालले उनको स्वास्थ्य परीक्षण भइरहेको जनाए पनि प्रधानमन्त्रीको स्वास्थ्यमा अहिले देखापरेको समस्याबारे केही खुलाइएको छैन ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार