free website hit counter

प्रभु इन्स्योरेन्सले बोलायो साधारण सभा

beemaadmin
२०७६ माघ ५, आईतवार

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले २४औं वार्षिक साधारणसभा आह्वान गरेको छ । लाभांश प्रस्ताव सहित साधारण सभा आह्वान गरेको हो। इन्स्योरेन्सले माघ २४ गते २४औँ वार्षिक साधारण सभा बोलाएको छ। कार्यक्रम प्रभु कम्प्लेक्स, तीनकुने, काठमाण्डौमा बिहान ११ बजे हुने बताइएको छ ।

सभामा ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ११.३२ प्रतिशत गरी कूल १६.३२ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव रहेको छ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने र गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५० लाख रहेको छ। ५ प्रतिशत बोनस शेयर वितरणपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५ करोड ५३ लाख पुग्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले माघ १० गते एक दिनका लागि शेयर दाखिल खारेज दर्ता बन्द गर्ने भएको छ। यस अनुसार माघ ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले इन्स्योरेन्सको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार