free website hit counter

प्रभु बैंकबाट एन प्याब्सनको बैंकिङ्ग कारोबार

beemaadmin
२०७६ फाल्गुन १, बिहीबार

काठमाडौं । निजी क्षेत्रका विद्यालयको छाता संगठन एन प्याब्सन र प्रभु बैंकबीच बैंकिङ्ग सम्झौतामा भएको छ । प्रभु बैंकको प्रधान कार्यालय बबरमहल काठमाडांैमा बीच सम्पन्न उक्त सम्झौतामा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एन प्याब्सनका अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरेका छन् ।

सम्झौता बमोजिम एनप्याब्सनको आधिकारिक बैंक प्रभु बैंक हुनेछ । एन प्याब्सनले सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंकमार्पmत् गर्नेछ भने एनप्याब्सन अन्तर्गत सदस्यता ग्रहण गरेका निजी क्षेत्रका विद्यालयहरुले पनि आफुलाई पायक पर्ने प्रभु बैंकको जुनसुकै शाखा कार्यालयमा खाता खोली विद्यार्थीहरुबाट संकलन गर्ने शैक्षिक शुल्क बैंकमार्पmत् नै संकलन गर्न लगायत सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंकमार्फत् गर्न सक्नेछन् ।

उक्त विद्यालयहरुमा कार्यरत शिक्षक तथा अन्य कर्मचारीहरुको तलबी खाता पनि प्रभु बैंकमै खोली सम्पूर्ण शिक्षक तथा कर्मचारहिरुले बैंकमार्फत नै तलब भुक्तानी लिन सक्नेछन् ।

एन प्याब्सन अन्तर्गत सदस्यता लिएका निजी विद्यालयहरुमा कार्यरत शिक्षक विद्यार्थी, कर्मचारी तथा सम्बन्धित अभिभावकहरुलाई एकीकृत वित्तीय सेवा जस्तैः नेपाल धितो पत्र बोर्डमा सुचिकृत कम्पनीहरुको आईपीओ, एफपीओ, डिबेञ्चर लगायतको सूचना उपलब्ध हुनुका साथै शेयर कारोबार प्रयोजनका लागि आवश्यक पर्ने डिम्याट खाता खोल्ने सुविधा समेत उपलब्ध हुनेछ । एन प्याब्सनले आयोजना गर्ने संस्थागत वार्षिक कार्यक्रम लगायत जुनसुकै कार्यक्रमहरुमा आधिकारिक बैंकको रुपमा प्रभु बैंकको नाम उल्लेख गर्नेछ ।

सम्बन्धित समाचार