free website hit counter

प्रभु बैंकबाट विद्युतीय सवारीका लागि सर्वसुलभ कर्जा

beemaadmin
२०८० श्रावण १७, बुधबार

काठमाडौँ । प्रभु बैंक लिमिटेड र भिजि इम्पेक्स प्रालिबीच विद्युतीय सवारीसाधनमा कर्जा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र भिजि इम्पेक्स प्रालिका तर्फबाट उपाध्यक्ष रुपेश शर्मा भट्टले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र भिजि इम्पेक्स प्रालिबीच सम्पन्न उक्त सम्झौता अनुसार भि।जि। इम्पेक्स प्रा।लि। बाट आयात गरिएको इलेक्ट्रिक भेहिकल, इच्छुक ग्राहकले खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ । हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार