free website hit counter

प्रभु बैंकले मार्यो नाफामा छलाङ

beemaadmin
२०७८ बैशाख १३, सोमबार

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्बभन्दा बढी खुद नाफा आर्जन गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २ अर्ब १० करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४४.०८ प्रतिशत बढी हो।

खुद ब्याज आम्दानी सामान्य बढे पनि फि तथा कमिशन आम्दानी र अन्य सञ्चालन आम्दानी बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.६० प्रतिशत बढेको छ। त्यसैगरी, यस साता खुद फि तथा कमिशन आम्दानी ४२.०७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४६.८५ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५९ करोड ३९ लाख रुपैयाँ पुगेको छ।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार