काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बागमती प्रोभियन्स क्लब एचिभर्स अवार्ड सेरेमोनी २०८१–८२ भव्यताका साथ सम्पन्न भएको छ।शनिबार काठमाडौँमा आयोजित यस कार्यक्रममा बागमती प्रदेशबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरू तथा उच्च व्यवस्थापकहरूको उपस्थिति थियो।कार्यक्रममा प्रदेशस्तरमा उत्कृष्ट व्यवसाय गरी ुप्रोभियन्स क्लबु हासिल गरेका अभिकर्ताहरूलाई सम्मान गरिएको थियो। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले प्रोभियन्स क्लब हासिल गर्ने अभिकर्ताहरूलाई बधाई दिँदै यो एउटा सफलताको सिँढी मात्र भएको बताए। उनले अझ ठुला सफलताहरू अगाडि रहेको भन्दै सम्मानितहरूलाई हौसला र मार्गनिर्देशन प्रदान गरे। यस समारोहलाई फलदायी बनाउन योगेन्द्र प्रसाद खतिवडा र रोजेश बस्नेतले बीमा बिक्रीकला सम्बन्धी प्रशिक्षणसमेत प्रदान गरेका थिए। कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न भएको कम्पनीले जनाएको छ।