free website hit counter

प्रभु महालक्ष्मी लाइफको नाफा र व्यापार दुवै बढ्यो

beemaadmin
२०८३ बैशाख २७, आईतवार

काठमाडाैं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स ले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा नाफासँगै बीमा व्यवसायमा पनि सकारात्मक वृद्धि हासिल गरेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले २७ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा २७ करोड ७ लाख रुपैयाँ रहेको थियो। यसरी कम्पनीको नाफा १.६१ प्रतिशतले बढेको हो।

चैत मसान्तसम्म कम्पनीको जीवन बीमा कोष १६ अर्ब ९० करोड ७५ लाख रुपैयाँ पुगेको छ। गत वर्षको यही अवधिमा यस्तो कोष १२ अर्ब ८० करोड १८ लाख रुपैयाँ रहेको थियो। यस आधारमा जीवन बीमा कोषको आकार ३२.०७ प्रतिशतले विस्तार भएको देखिन्छ।

समीक्षा अवधिसम्म कम्पनीले ४ अर्ब ३१ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आर्जन ३ अर्ब ५८ करोड २५ लाख रुपैयाँ थियो। कुल बीमाशुल्क आर्जन २०.३९ प्रतिशतले बढेको हो।

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्षको चैतसम्म खुद बीमाशुल्क आर्जन ४ अर्ब १५ करोड १७ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको ३ अर्ब ४९ करोड २० लाख रुपैयाँभन्दा २८.८९ प्रतिशत बढी हो।

चैत मसान्तसम्म कम्पनीको शेयर प्रिमियममा १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ति कोषमा १३ करोड ८४ लाख रुपैयाँ तथा रिटेन्ड अर्निङमा ३३ करोड २१ लाख रुपैयाँ सञ्चित रहेको छ। साथै, अन्य इक्विटी ३३ करोड ८१ लाख रुपैयाँ कायम भएको छ।

५ अर्ब ३० करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (EPS) भने घटेर ६ रुपैयाँ ९१ पैसामा सीमित भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ७ रुपैयाँ ७ पैसा थियो।

कम्पनीको पीई रेसियो ६९.७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ६० पैसा कायम भएको छ।

सम्बन्धित समाचार