free website hit counter

प्रभु महालक्ष्मी लाइफले बढायो नाफा

beemaadmin
२०८१ माघ २७, आईतवार

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नाफा ३.४९ प्रतिशतले बढेको छ । गत आवमा १७ करोड ६४ लाख रुपियाँ नाफा आर्जन गरेको कम्पनीले समीक्षा अवधिमा १८ करोड २५ लाख रुपियाँ नाफा आर्जन गरेको हो । पुस मसान्तसम्म कम्पनीको कुल आम्दानी २ अर्ब ९७ करोड रुपियाँ पुगेको छ, जुन गत आवको सोही अवधिमा २ अर्ब ६० करोड रुपियाँ थियो । त्यसैगरी कम्पनीले २ अर्ब २६ करोड रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने यस्तो आम्दानी १ अर्ब ९९ करोड रुपियाँ थियो । समीक्षा अवधिमा ४ अर्ब ७५ करोड रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ७।७३ रुपियाँ र प्रतिशेयर नेटवर्थ ११९.६४ रुपियाँ रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार