काठमाडौं । चुक्ता पुँजी पुर्याउने चटारोमा रहेको प्रभु लाइफ इन्स्योरेन्सले पनि आइपीओ प्रकाशनको प्रक्रिया थालेको छ । प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवदेन दिएको छ । इन्स्योरेन्सले ६० लाख कित्ता शेयर निष्काशन गर्न असोज १४ गते बोर्डमा निवेदन दिएको हो।
कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने आईपीओ निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब पुग्नेछ ।