free website hit counter

प्रविधिमैत्री बन्दै कलेजहरु, अनलाइनबाट कक्षा सञ्चालन

beemaadmin
२०७६ चैत्र २८, शुक्रबार

विश्वव्यापी महामारीका कारण विश्व समुदाय नै ठप्प भएको छ । नेपालमा लगातार तेस्रो हप्तासम्मको लकडाउन जारी छ । यो समयमा शिक्षालाई निरन्तरता दिन कतिपय स्कुल तथा कलेजहरुले प्रविधिको अधितम प्रयोग गर्न थालेका छन् । यो अन्योलको अवस्था कतिसयम लम्बिने हो भन्ने पत्ता नभएपछि कतिपय कलेजहरुले पठनपाठनलाई अघि बढाउन प्रविधिकको भरपुर प्रयोग गर्न थालेका हुन् ।

यही सिलसिलामा काठमाडौं मोडल कलेज (केएमसी) ले चैत २६ गतेबाट एउटा विषयकाे दिनको एकघण्टा अनलाइनबाट पठन पाठन गराउन थालेको छ । अहिले यो सेवा कक्षा ११ का लागि शुरु भएको हो । कक्षा ११ मा १७ सय विद्यार्थी भए पनि यो अनलाइन सेवामा १२ सय विद्यार्थी जोडिइसकेको कलेजले बताएको छ । यसको नेतृत्व कलेजका प्रमुख डा. नागेन्द्र अर्यालले गर्नुभएको छ ।

लकडाउनको अवस्था लम्बिए पनि विद्यार्थीको पठन पाठनमा समस्या नहोस्, विद्यार्थीहरु बरालिने अवस्था नआओस् भनेर यो कार्य थालिएको बताइएको छ । लकडाउन खुलेकै अवस्थामा पनि तत्काल भीडभाड गर्न हुने अवस्था नआउञ्जेल यो प्रविधि स्वास्थ्यका हिसावले उपयुक्त हुने विज्ञहरुले बताएका छन् । केएमसी कलेज जस्तै अन्य कलेजरुले पनि यसैगरी अनलाइनमार्फत् पठन पाठन अघि बढाएको खण्डमा विद्यार्थीहरुको खाली समयको सदुपयोग पनि हुने थियो ।

सम्बन्धित समाचार