free website hit counter

प्रशासनमा परिवर्तनका सिर्जित दबावहरू

beemaadmin
२०७६ चैत्र ३०, आईतवार

सार्वजनिक प्रशासन राज्यद्वारा जनता समक्ष प्रतिवद्दता गरिएका उद्देश्यहरुको परिपूूर्तिको लागि निरन्तर रूपमा दत्तचित्त, तयारी अवस्थामा रहनु पर्ने र सक्रिय रहनुपर्ने अंग हो । जसरी समयको परिवर्तन भएको छ तदनुरूप जनताको व्यक्तिगत तहमा आशा र अपेक्षा वृद्धि भएको हुन्छ रत्यो आशा र भरोसा सरकार तर्फ लक्षित रहेको हुन्छ अन्तत ः सरकार तर्फ लक्षित जनताको आशा र अपेक्षा पुरा गर्नु पर्ने दायित्व सार्वजनिक प्रशासनमा सर्न पुग्दछ ।समय, शिक्षा, प्रविधिको परिवर्तन संगै राजनितिक र शासकीय आयामहरु धेरै परिवर्तन हरू आउछन् र यी परिवर्तन हरूले स्वभावत सार्वजनिक प्रशासनमा पनि परिवर्तनका धेरै दवावहरू सिर्जना गर्दछन् । यस्ता दवावहरूले सार्वजनिक प्रशासनको भूमिका परिवर्तित सन्दर्भमा वा विद्यमान पर्यावरणीय सन्दर्भमा अझै प्रभावकारी हुनुपर्ने विषयमा जोड दिने गर्दछ ।यस परिवेशमा सार्वजनिक प्रशासनको कार्यशैली, व्यवहार, प्रक्रिया, सेवा प्रवाहको सुनिश्चितिता र सेवाको गुणस्तर को प्रत्याभूति जस्ता क्षेत्रहरूमा पनि सकारात्मक परिवर्तनको अपेक्षा राखेको हुन्छ ।

देश विशेषको राजनैतिक प्रणाली को प्रभाव सर्वत्र परेको हुन्छरयसको सकारात्मक झझल्को दिने प्रमुख अंग नै सार्वजनिक प्रशासन हो । राजनैतिक प्रणालीको उदारता र अनुदारताको आधारमा सार्वजनिक प्रशासनको पारदर्शिता र उत्तरदायिताको तह निर्धारण हुने गर्दछ । तटस्थ, प्रतिबध्द र परिणाममुखी प्रशासन यस सन्दर्भको सामयिक अवश्यकता हो।
समाज विविधताको सम्मिश्रण हो । जात, संस्कृति, परम्परा, रीतिरिवाज समाजका मिश्रीत परिचायक हुन् । समाजको यो विम्वको प्रभाव सार्वजनिक प्रशासनमा परेको हुन्छ किनकी सार्वजनिक प्रशासन समाज कै एक सह उत्पादन हो । राजनैतिक आर्थिक परिवर्तनले सामाजिक मूूल्य मान्यतामा समेत परिवर्तन ल्याउछ ।समाजको वनोट त्यसको चरित्र यसले अंगालेको संस्कृति र चाल चलन अनुुरूप सार्वजनिक प्रशासन पनि चल्नुपर्ने हुन्छ । समावेशी प्रशासन, सरकारी कामकाजमा क्षेत्रविशेषको भाषाको प्रयोग, सामाजिक परिवेशको आधारमा सार्वजनिक विदा जस्ता विषयहरु यस अन्तरगत पर्दछन् ।
प्रजातान्त्रिक परिपाटिको शुरुवात संगै आर्थिक उदारीकरणको विषय प्रखर रूपमा अगाडी वढेको छ । यसले प्रतिस्पर्धा, गुणस्तरता, निजी क्षेत्रको सहभागिता, व्यवस्थापनवाद, कम लागतमा वढी उत्पादकत्व जस्ता विषयलाई जोड दिएको छ ।आर्थिक मान्यतामा आएको यो लहरबाट सार्वजनिक प्रशासन प्रभावित हुनु स्वभाविकै हो । यसले सार्वजनिक प्रशासन चुस्त, दुरूस्त, प्रभावकारी, जनमुखी बन्नुपर्ने कुरामा जोड दिएको छ ।
प्रजातान्त्रिक शासन प्रणाली ले ल्याएको अर्को परिवर्तन शासकीय सहकर्ताहरुको प्रवेश पनि हो । यस सन्दर्भमा सार्वजनिक प्रशासन निजी क्षत्र, सामुदायिक संस्थाहरु, सहकारी जस्ता सहकर्ता हरु संग मिलेर काम गर्नुपर्ने भएको छ । सहकर्ताहरुको उपस्थितिले सार्वजनिक प्रशासन वढी सिर्जनशील, समन्वयकारी र सहभागितामूलक हुनु पर्ने अवस्थाको सिर्जना गराएको छ ।
प्रविधिको प्रयोगमा आएको व्यापकतालाई सार्वजनिक प्रशासनले अवलम्वन गर्नुपर्ने स्थिति सिर्जना गर्नु पर्ने भएको छ ।यसका लागि विद्युतीय शासन, अनलाईन सेवा प्रवाह, अनलाईन गुनासो प्रकटगर्ने प्रणाली, कागजातको न्यून प्रयोग, सेवा प्रवाहको लागि सम्पर्क विन्दुहरूको न्यूनीकरण, विद्युतीय भुक्तानी प्रणाली आदि विधिहरू प्रयोगमा आएका छन । यसले एकातर्फ सेवा प्रवाहको प्रभावकारितामा जोडदिएको छभने अर्को तर्फ पारदर्शिता र उत्तरदायित्वमा वृद्धिल्याउनुपर्ने कुरामा जोड दिएको छ ।
यसै गरि विपद, संकट, महामारीको अवस्थामा आपूर्ति व्यवस्थापन,शान्ति सुरक्षाको प्रत्याभूति, सेवा प्रवाहलाई निरन्तरता दिने दायित्व पनि प्रशासन संयन्त्रको भएकोले यस्ता असहज परिवेशका लागि पनि प्रशासन संयन्त्र चुस्त दुरुस्त रहनुपर्दछ ।
सार्वजनिक प्रशासनमा पर्ने आन्तरिक र वाह्य प्रभावको सन्दर्भमा सरकारको कार्यशैली र प्रवृत्तिमा आयामिक परिवर्तन ल्याउनु पर्ने र अवको प्रशासन वढी प्रभावकारी, नतीजाउन्मुख, व्यवसायिक र जनमैत्री हुनुपर्ने मान्यता राख्दै प्रशासनिक परपाटी पुनः परिमार्जित हुनु पर्ने विषय सामयिक आवश्यकता हो । वदलिदो परिवेशले शासकीय आयामहरुमा परिवर्तन ल्याएको छ र सार्वजनिक प्रशासनवाट उत्पादकत्व क्षमता र गुणस्तरता को अपेक्षा हुनु स्वभाविकै हो । यस सन्दर्भमा सरकारले पनि आफ्नो क्षमता अर्थात सार्वजनिक प्रशासकको क्षमता अनुरुप सरकारको प्राथमिक आवश्यकतामा पर्ने पर्ने विषयको दायरामा आफूलाई सीमीत गर्ने र सो क्षेत्रमा आफ्नो क्षमता वा बलको सुदृढीकरण गर्ने रणनीति लिनु पर्दछ । आफ्नो क्षमता कम भएका क्षेत्रहरु राज्यको प्रारम्भिक प्राथमिकतामा नपर्ने अन्य सहकर्ताहरुको विज्ञता परिचालन गर्न सक्दछ । सार्वजनिक प्रशासन समग्र प्रणालीको एक उप प्रणाली भएकोले समग्र प्रणालीका क्रियाकलाप, परम्परा , अभ्यास, मान्यताहरुको प्रत्यक्ष वा परोक्ष प्रभाव सार्वजनिक प्रशासनमा पर्नु स्वभाविकै हो । प्रणालीगत प्रभावहरु सार्वजनिक प्रशासनमा प्रशासनिक मान्यताहरुमा , प्रक्रियागतरुपमा र प्रशासकहरुको वानी व्यहोरा र चरित्रमा गरी तीन रुपमा प्रभावित हुने गर्दछ । प्रणालीमा आएको परिवर्तनलाई ग्रहण गर्न सक्ने शक्तिले सार्वजनिक प्रशासनमा सकारात्मक परिवर्तन ल्याइदिन्छ भने नकारात्मक परिवर्तनको सामना गर्न सक्ने शक्तिले सार्वजनिक प्रशासन थप सकारात्मक बन्न पुग्दछ ।

पर्यावरणीय परिवेश परिवर्तनको उपज हो । परिवर्तनले जनतामा बढाएको आशा र अपेक्षा पूरा गर्न स्थायी संयन्त्र गतिलो सम्बन्धसेतु बन्नु आवश्यक छ । यस्ता स्थायी संयन्त्रमा निजामती प्रशासन, सार्वजनिक संस्थान , शिक्षण संस्थाहरु, संगठित निजी क्षेत्र, गैर सरकारी संस्थाहरु र सरकार संग सहकार्य गर्ने सवै सहकर्ताहरु पर्दछन् । स्थायी संयन्त्रमा अनुकुलनको यो सिध्दान्तको व्यवहारिक प्रयोग प्रजातान्त्रिक शासन प्रणालीको अपरिहार्यता हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार