free website hit counter

प्राईम लाईफको बीमा शुल्क ३ अर्ब ३० करोड

beemaadmin
२०७७ श्रावण २५, आईतवार

काठमाडौं । प्राईम लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ०७६–७७ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गर्दा सबैजसो सूचांकहरुमा प्रगति देखिएको छ । आर्थिक वर्ष ०७६–०७७ को चौथो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब ३० करोड कुल बीमा शुल्क आर्जन गरेको जुन अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९५ करोड मात्रै थियो ।

यसैगरी समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन रकम पनि २ अर्ब ८६ करोड बाट वृद्धि भएर ३ अर्ब २६ करोड पुगेको छ। कम्पनीको जीवन बीमा कोष ८ अर्ब ९० करोड बाट वृद्धि भएर ११ अर्ब ४७ करोड पुगेको छ। २ अर्ब २५ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ८८ करोड ९८ लाख रुपैयाँ रहेको छ।

कम्पनीको खुद मुनाफा भने घटेको छ। आर्थिक वर्ष ०७५–०७६मा ३१ करोड ३० लाख खुद मुनाफा गरेको कम्पनीले अहिले आर्थिक वर्ष ०७६–०७७ को चौथो त्रैमासमा भने २९ करोड ८५ लाख खुद मुनाफा गरेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार