free website hit counter

प्रिमियर इन्स्योरेन्सको साधारणसभा असार १९ मा

beemaadmin
२०७७ जेष्ठ ३१, शनिबार

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले आफ्नो २६औं वार्षिक साधारण सभा बोलाएको छ । जेठ २९ गते बसेको सञ्चालक समितिको २८३औं बैठकले असार १९ गते बिहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको हो। सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७५/७६ को नाफा, नोक्सान हिसाब, वासलात सहितको वार्षिक प्रतिवेदन पारित गर्ने र आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ। यस्तै, सभामा सर्वसाधारण शेयरधनीकोतर्फबाट २ जना सञ्चालकको निर्वाचन समेत गरिनेछ। साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सले असार ४ गतेदेखि बुकक्लोज गर्ने जनाएको छ। यसअनुसार असार ३ गतेसम्म कायम शेयरधनीहरु साधारण सभामा सहभागी हुन पाउनेछन्।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार