free website hit counter

प्रिमियर इन्स्योरेन्सद्वारा १५ प्रतिशत लाभांश घोषणा

beemaadmin
२०७९ मंसिर १, बिहीबार

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सञ्चालक समितिको मंगलबार बसेको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सहदेव तिवारीले जनाएका छन् ।
कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब २२ करोड ७६ लाख ८४ हजार आठ सय रुपियाँ छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरण स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात् शेयरधनीहरुले पाउने छन् ।

सम्बन्धित समाचार