free website hit counter

प्रिमियर इन्स्योरेन्सले दिनेभो नगद लाभांश

beemaadmin
२०७७ पुष २८, मंगलवार

काठमाडौं । अघिल्लो पटक राम्रैसँग बोनस शेयर वितरण गरेको प्रिमियर इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई नगद लाभांश मात्रै वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई कूल ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
पुस २७ गते दिउँसो ४ बजे बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ८४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

सम्बन्धित समाचार