free website hit counter

प्रोफेसनल होल्डिङ्स् लिमिटेडको २०औँ वार्षिक साधारण सभा सम्पन्न

beemaadmin
२०८३ बैशाख १८, शुक्रबार

काठमाडौं । प्रोफेसनल होल्डिङ्स् लिमिटेड (साविक प्रोफेसनल एजुकेटर्स लिमिटेड)का शेयरधनीहरुको २०औँ वार्षिक साधारण सभा मिति २०८२ साल चैत्र २८ गते दिउँसो २ः०० बजे ग्लोबल कलेज, बानेश्वर, काठमाडौंमा कुल शेयरधनीमध्ये ८२.३४ प्रतिशतको गरिमामय उपस्थितिमा सम्पन्न भयो । उक्त सभाले कम्पनीको आ.व. २०८१/८२ का लागि संचालक समितिको प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०८१/८२ वार्षिक बार्षिक विवरण (२०८२ आषाढ मसान्तसम्मको वालसात र सोही मितिमा समाप्त आर्थिक वर्षको आय, व्यय विवरण, नाफा नोक्सान हिसाब, नगत प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूचीहरु) पारित गरियो ।

उक्त साधारण सभाले आ.व. २०८२।०८३ मा यस कम्पनीको लेखा परिक्षण गर्नका लागि NBSM and Associates Chartered Accountant Firm लाई लेखापरीक्षकमा नियुिक्त गरी निजको पारिश्रमिक निधारण गरेको छ ।

Advertisement
Advertisement

सभाले शेयरधनीहरूका लागि हाल कायम चुक्ता पूँजीको ५०% बोनस शेयर र सो बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि २.६३१६% नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । बोनस शेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजीमा हुने वृद्धिलाई समेत सभाले अनुमोदन गरी कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

Advertisement
Advertisement

सभाले कम्पनीको जारी पूँजीको निश्चित प्रतिशत शेयर सर्वसाधारणमा निष्कासन गर्ने र सो सम्बन्धमा आवश्यक सम्पूर्ण कानुनी तथा प्रशासनिक प्रक्रियाहरू पूरा गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पारित गरेको छ । यस निर्णयसँगै संस्थाले सर्वसाधारणमा शेयर निष्कासन (IPO) गर्ने प्रक्रियालाई औपचारिक रूपमा अगाडि बढाउँदै भविष्यका लागि नयाँ मार्ग प्रशस्त गरेको छ । साथै, कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरूमा खर्च गर्ने गरी अनुदान प्रदान गर्ने लगायत अन्य विविध सामान्य तथा विशेष प्रस्तावहरू समेत सभाद्वारा परित भएको छ ।

यसै अवसरमा कम्पनीको सहायक कम्पनी युनिग्लोब हाईयर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडले पनि आ.व. २०८१/८२ का लागि सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्ता पूँजीको ५% बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२% नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

 

सम्बन्धित समाचार