काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ११.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
लघुवित्तको असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ११.०५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांशमा कर प्रयोजनार्थको रकमसमेत समावेश छ।
लघुवित्तले प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् शेयरधनीले लाभांश प्राप्त गर्नेछन्।