free website hit counter

फागुनसम्म निर्जीवन बीमकको व्यापार ३१ अर्ब नाघ्यो

beemaadmin
२०८२ चैत्र १०, मंगलवार

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म निर्जीवन बीमा कम्पनीहरूले कुल ३१ अर्ब ७० करोड रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिमा १८ लाख ६२ हजार ११४ वटा बीमा पोलिसी बिक्री भएका छन्।

संकलित बीमाशुल्कका आधारमा शिखर इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। कम्पनीले ४ अर्ब ३८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। दोस्रो स्थानमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ, जसले ३ अर्ब ३६ करोड रुपैयाँ संकलन गरेको छ।

त्यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब २० करोड रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ७९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ६८ करोड रुपैयाँ तथा एनएलजी इन्स्योरेन्सले २ अर्ब ५३ करोड रुपैयाँ संकलन गरेका छन्।

नेको इन्स्योरेन्स कम्पनीले २ अर्ब ३९ करोड रुपैयाँ र यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ९६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ९४ करोड रुपैयाँ र सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब ७८ करोड रुपैयाँ संकलन गरेका छन्।

त्यस्तै, नेपाल इन्स्योरेन्सले १ अर्ब ४९ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब २१ करोड रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

सबैभन्दा कम बीमाशुल्क संकलन गर्नेमा नेशनल इन्स्योरेन्स रहेको छ, जसले ८६ करोड ८७ लाख रुपैयाँ संकलन गरेको छ।

सम्बन्धित समाचार