free website hit counter

फेक रेस्क्यु प्रकरणमा स्वाकन इन्टरनेशल अस्पतालका निर्देशक रिमाल पक्राउ

beemaadmin
२०८२ माघ १२, सोमबार

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले फेक रेस्क्यु प्रकरणमा स्वाकन इन्टरनेशनल अस्पतालका संस्थापक निर्देशक एवं व्यवसायी जयराम रिमाललाई पक्राउ गरेको छ। हिमाली क्षेत्रमा पदयात्राका लागि जाने पर्यटकहरुको फेक रेस्क्यु प्रकरणमा सिआईबीले आइतबार रिमाललाई पक्राउ गरेको हो। व्यवसायी रिमालको कम्पनी माउण्ड रेस्क्यु सर्विस प्रालिले १ हजार २८४ रेस्क्यु गरको छ। जसमध्ये १७१ शंकास्पद रेस्क्यु रहेको १ करोडभन्दा बढी अमेरिकी डलर बीमा दाबी गरेको सिआइबीले जनाएको छ। सेतो पुलमा रहेको उक्त अस्पतालका रिमाल प्रमुख लगानीकर्तामध्ये एक हुन्। सीआईबीले रिमाल सहित विवेक पाण्डे, रविन्द्र अधिकारी, विवेकराज थपलिया, मुक्ति पाण्डे र सुभाष केसीलाई पक्राउ गरेको छ। उनीहरुमाथि राष्ट्रहित कसुरमा आपराधिक लाभको कसुर र संगठित अपराधमा र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान जारी रहेको सिआइबीले जनाएको छ।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार