free website hit counter

फेरि एक महिनालाई भन्दै अनलाइन कक्षाकै तयारी

beemaadmin
२०७७ चैत्र ३१, मंगलवार

काठमाडौं । लामो समयको अन्तरालपति विद्यार्थीले भौतिक रुपमै अध्ययन गर्न पाएकोमा फेरि अनलाइनमै खुम्चिनु पर्ने अवस्था जटिल अवस्थाले सिर्जना गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौंलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको बताएका छन् । स्वास्थ्य पत्रकार मञ्च, नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले नयाँ खालको भाइरस बढ्दै गएपछि एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्नेबारे मन्त्रिपरिषद् बैठक र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा समेत छलफल गरिएको जानकारी दिएका छन् । शहरी क्षेत्रमा कम्तीमा एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने कि भन्ने तयारी छ, उनले भने, अनलाइनबाट कक्षा सञ्चालन गर्दा सात–आठ लाख विद्यार्थी घरमै रहेर पढ्ने र त्यसले २० प्रतिशत आवतजावतमा कमि आउने देखिएको छ । मन्त्री त्रिपाठीले अहिलेको नयाँ भाइरस युवा र बालबालिकामा पनि देखिएकाले डर लाग्दो रहेको बताए । १८ वर्षभन्दा मुनिका बालबालिकाका लागि खोप विकास भएको छैन, उनले भने, अहिले देखिने भाइरस बालबालिकामा पनि सर्ने भएको र उनीहरुलाई खोपसमेत लगाउन नमिल्ने भएकाले सङ्क्रमण दर फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर अनलाइन कक्षा सञ्चालन गर्नुपरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार