free website hit counter

फेरि कारागार पुग्लान् सन्दीप ?

beemaadmin
२०७९ फाल्गुन १४, आईतवार

काठमडाौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाडेको ठीक छ कि पुनः थुनामै फर्काउनुपर्ने हो भन्ने विषयमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ। उच्च अदालत पाटनले २० लाख धरौटीमा छाडेपछि लामिछाने कारागार बाहिरै रहेर मुद्दा लडिरहेका छन्। आज सर्वोच्चको सुनुवाइ उनलाई धरौटीमा छाड्न गरेको आदेश ठीक छ कि छैन भन्ने विषयमा केन्द्रित हुनेछ। उच्च अदालत पाटनको फैसला बदर गरेको खण्डमा सर्वोच्चले सन्दीपलाई पुनः थुनामै पठाउन पनि सक्छ। यसैबीच सन्दीपले आफूलाई विदेश जान अनुमति दिनुपर्नेलगायत माग गर्दै दिएको निवेदनमा पनि आज सर्वोच्चले सुनुवाइ गर्दै छ। दुवै निवेदनलाई सँगै राखेर सर्वोच्चले सुनुवाइ गर्ने भएको हो। सरकारले सन्दीपलाई थुनामै राख्नुपर्ने माग गरेको छ भने सन्दीपले धरौटी रकम घटाउनुपर्ने, विदेश जान लगाइएको प्रतिबन्ध हटाउनुपर्ने तथा आफ्नो मानमर्यादामा आँच पुर्‍याएकाले क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन्। सन्दीपले क्रिकेट खेल्न यूएई जान पाउनुपर्ने मागसहित बिहीबार दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सरकारले दायर गरेको रिट पनि सँगै पेस गरेर आइतबारका लागि पेसी तोक्न भनेको हो। सर्वोच्चको यो आदेशसँगै सन्दीप टोलीसँगै शनबिार यूएई जानबाट रोकिए। जबर्जस्ती करणीको मुद्दामा उच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान भने प्रतिबन्ध लगाएको छ। उच्च अदालतले पुस २८ गते सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि त्यसविरुद्ध पीडितका तर्फबाट भने उच्च सरकारी वकिल कार्यालयले सर्वोच्चमा निवेदन दिएको हो। सन्दीपलाई थुनामै राखेर पुर्पक्ष गर्नुपर्ने पीडित पक्षको माग छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार