काठमाडौं । कोरोनासँगको युद्धबाट विजयी भएको मुलुक चीन अहिले अरु मुलुकका लागि सहयोगी हात फैलाइरहेको छ । चीनको पावर चाइना कम्पनीले ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयका लागि ५ हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेको छ । यसअघि चीनबाट सरकारी तहमा ठूलो संख्यामा मास्कलगायतका स्वास्थ्य सामग्री र उपकरण आयात गरिएको थियो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण मास्क अभाव भएका बेला पावर चाइनाले मंगलबार मन्त्रालयलाई मास्क उपलब्ध गराएको हो । पावर चाइनाका प्रतिनिधि ली हाइयुआनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर ऊर्जा, जलश्रोत तथा सिंचामन्त्री वर्षमान पुन अनन्तलाई मास्क हस्तान्तरण गरे ।
ती मास्क मन्त्रालयअन्तर्गतका नेपाल विद्युत प्राधिकरण र जल तथा मौसम पूर्वानुमान महाशाखासहित अत्यावश्यक सेवाका कर्मचारीका लागि वितरण गरिने मन्त्री पुनले बताए । अभावका बेला सदभावपूर्वक मास्क उपलब्ध गराएकामा मन्त्री पुनले पावर चाइनालाई धन्यवाद दिए ।