free website hit counter

बजेट कार्यान्वयनबारे अर्थमन्त्री वाग्लेले आज तीन दर्जन उद्योगपतिसँग छलफल गर्ने

beemaadmin
२०८३ श्रावण १२, मंगलवार

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट कार्यान्वयन र निजी क्षेत्रका सुझावबारे आज करिब तीन दर्जन उद्योगपतिसँग विशेष छलफल गर्ने भएका छन्।

अर्थमन्त्रीको आह्वानमा अर्थ मन्त्रालयमा हुने छलफलमा नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गर्दै अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याएका उद्योगी व्यवसायी सहभागी हुनेछन्।

अर्थमन्त्री वाग्लेसँगै अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडी तथा अर्थ मन्त्रालयका विभिन्न महाशाखा र विभागका उच्च अधिकारीहरू पनि छलफलमा सहभागी हुनेछन्।

अर्थमन्त्रीको सचिवालयका अनुसार कार्यक्रम आज अपराह्न ३ बजेदेखि सुरु हुनेछ। छलफलमा बजेट कार्यान्वयन, उत्पादनमूलक उद्योगका समस्या, निजी क्षेत्रका सुझाव तथा अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा केन्द्रित हुने अपेक्षा गरिएको छ।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले पनि विभिन्न क्षेत्रका उद्योगी–व्यवसायीसँग भेटघाट गरी अर्थतन्त्र र लगानी वातावरणका विषयमा छलफल गरेका थिए। त्यसको निरन्तरतास्वरूप अर्थमन्त्री वाग्लेले उद्योगपतिहरूसँग प्रत्यक्ष संवाद गर्न लागेका हुन्।

सम्बन्धित समाचार