free website hit counter

बनाऔं स्वादिलो तन्दुरी चिकेन (Tandoori chicken)

beemaadmin
२०७७ असार १३, शनिबार

तन्दुरी किकेनको स्वाद कसलाई मन नपर्ला र ? सबै मांशहारीलाई तन्दुरीको स्वाद जिब्रोमै झुण्डिएको हुन्छ । तर अहिलेको अवस्थामा कहाँ गएर खाने तन्दुरी ? कति सुरक्षित होला भन्ने अनेक प्रश्नले त्यसको स्वाद लिन सक्ने अवस्था छैन । त्यसैले हामीले स्वादिलो तन्दुरी किचेन घरैमा बनाउने तरिका हामीले यहाँ प्रस्तुत गरेका छौं ।

मसलाको सामान

चिकेन पूरा ८०० ग्राम सम्मको
अदुवा, लसुन पेष्ट एक चम्चा
जिरा पाउडर एक चम्चा
तन्दुरी चिकेन मसला एक चम्चा
तेल ५० मिलि
कागती रस दुई चम्चा
बाक्लो दही (पानी छानेको) २०० ग्राम
नुन, खुर्सानी स्वाद अनुसार
ओरेन्ज खाने रातो रङ एक चिम्टी
भिनेगर तीन चम्चा
माडेको कसुरी मेथी आधा सानो चम्चा

बनाउने विधि

चिकेनलाई सफा पानीले पखालेर बीच–बीचमा थोरै–थोरै चिरा गर्ने । यसो गर्दा मसलाभित्रसम्म जान्छ । चिकेनलाई चिरा गरेपछि नुन, भिनेगर, हल्का अदुवा, लसुनको पेष्ट दलेर करिब २५–३० मिनेटसम्म राख्ने । भिनेगर, कागती रस, अदुवा, लसुन पेष्ट, नुन, खुर्सानी, मसला, कसुरी मेथी, दही, खाने रङ, तेल, जिरा पाउडर सबै थोक मिक्स गरेर तन्दुरी चिकेनको घोल (मसला) बनाउने र चिकेनमा दलेर करिब तीन धण्टासम्म मेरिनेट गरेर राख्ने । अब फलामको सरियामा उनेर कमसेकम २० मिनेटसम्म तन्दुरीमा पकाउने । अब उसको रङ हल्का खैरो–खैरो हुन्छ, बाहिर निकालेर हल्का तेल अथवा वटर दलेर फेरि पाँच मिनेटजति पकाउने । अब तन्दुरी चिकेन तयार भयो । तन्दुरीबाट बाहिर निकालेर पूरा चिकेनको आठ पिस बनाएर प्लेटमा राखेर हल्का चार्ट मसला, कागती र सलाद राखेर सर्भिस गर्ने ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार