free website hit counter

बन्दीपुर केबलकारको आईपीओमा आवेदन दिनुभयो ?

beemaadmin
२०८२ भाद्र १५, आईतवार

काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले भदौ ११ गतेदेखि निष्कासन गरेको आईपीओमा आवेदन दिने भदौ १५ गते अन्तिम दिन रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी २ अर्ब ८३ करोड रुपियाँको २०।७० प्रतिशत अर्थात् ५८ लाख ६० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० अंकित दरमा ५८ लाख ६० हजार कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको थियो । जसमध्ये ५ लाख ६६ हजार आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ५ लाख २९ हजार ४०० कित्ता कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै, २ लाख ६४ हजार कित्ता सामूहिक लगानी कोष, १ लाख ५८ हजार ८२० कित्ता कर्मचारीलाई सुरक्षित छुट्याइसकेर बाँकी रहेको ४३ लाख ४१ हजार ८० कित्ता शेयर कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको माग गर्दै आवेदन दिनुपर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबीआइ मर्चेन्ट बैंकिङले गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार