free website hit counter

बन्दै गरेको घरमा शिक्षिकाले गरिन आत्महत्या

beemaadmin
२०७७ जेष्ठ २, शुक्रबार

धादिङ । लकडाउनकै बीचमा एक शिक्षिकले देहत्याग गरेकी छिन् । धादिङ जिल्लाको उत्तरी भेगमा अवस्थित रुवीभ्याली गाउँपालिका स्थित दोङदेङ माध्यमिक विद्यालयकी शिक्षिका चाँदनी तामाङले आत्महत्या गरेकी हुन् । ३० वर्षीया शिक्षिका तामाङले धादिङबेसी सदरमुकाम स्थित निर्माणाधिन घरमै पासो लगाइ आत्महत्या गरेको प्रहरीले जनाएको छ । श्रीमान् विजय तामाङले विगत ४ वर्षदेखि मलेसियामा रहेर पठाएको रकमले नीलकण्ठ नगरपालिका–४ स्थित अल्छीडाँडामा घर निर्माण गर्न उनी सदरमुकाममै रहेको बेला यस्तो घटना भएको हो । आत्महत्याको कारण खुल्न नसके पनि आत्महत्या गर्नु पूर्व लेखेको पत्रमा छोरालाई राम्रोसँग लालनपालन गरी दिन आफन्तजनहरुसँग आग्रह गरेको जिल्ला प्रहरी प्रवक्ता रुपक खड्काले बताए । उनको शव पोष्टमार्टमपछि प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार