free website hit counter

बर्जर पेन्ट्सले देखायो सामाजिक उत्तरदायित्व

beemaadmin
२०७७ बैशाख १४, आईतवार

काठमाडौं । लगातारको लकडाउनका कारण श्रमिक वर्ग ठूलो मारमा परेको छ । दिनभर काम गरेर बिहान बेलुकीको भान्सा चलाउने लाखौं परिवार लकडाउनको मारमा परेको बेला विश्वस्तरीय ब्राण्ड बर्जर पेन्टसले आफ्नो सामाजिक उत्तरदायित्व बहन गरेको छ । बर्जर पेन्ट्स नेपालले कम्पनीको “सम्बन्ध” योजनामा आबद्ध पेन्ट ठेकेदारहरु र पेन्टरहरुमा पर्न गएको आर्थिक दवाबको असरलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ सहयोगी हात बढाएको हो ।

बर्जर नेपालले प्रोत्साहन स्वरुप योजनामा उल्लेखित जिन्सी पुरस्कारको सट्टामा आबद्ध पेन्टरहरुको बैंक खातामा सिधै रकम जम्मा गरिदिएर सहायताको पहल शुरु गरेको छ । यसप्रकारको तत्काल वित्तीय सहायताले पेन्टर समाजलाई अहिले आइपरेको कठिन घडीमा उनीहरुको घरायसी खर्चहरुको आर्थिक व्यवस्थापन गर्नमा मद्दत पुग्ने विश्वास लिइएको छ ।

बर्जर पेन्ट्स नेपालले यो पहलअन्तर्गत १२०० भन्दा बढी पेन्टरहरुलाई रकम प्रदान गर्ने लक्ष्य लिएकोे छ । पहिलो चरणमा हालसम्म ३०० भन्दा बढी पेन्टरहरु लाभान्वीत भैसकेका छन र उनीहरुको बंैक खातामा ३ करोड २५ लाख रुपैयाँ उपलब्ध गराइसकिएको छ । यो बर्जर पेन्ट्ससँग आबद्ध असंगठित क्षेत्रमा काम गर्ने मानिसहरु प्रति कम्पनीद्वारा प्रदर्शित मानवता र असाधारण सहायताको एक उदाहरण हो ।

यस पहलको बारेमा कुराकानी गर्दै बर्जर पेन्ट्स नेपालका कन्ट्री म्यानेजर सैवाल घोषले भने, पेन्टिङ्ग ठेकेदारहरु सदैव बर्जर पेन्ट्स परिवारको एक अभिन्न अंग रहँदै आएका छन् र यस्तो विपत्तिको समयमा हामीले एक अर्कालाई सहयोग गर्नु जरुरी छ । हामी हाम्रा पेन्टर समाजमा अहिलेको संकटग्रस्त समयमा आर्थिक रुपमा सबल बन्न मद्दत गर्ने तथा यो समुदायलाई अधिक सहजता दिलाउने लक्ष्यका साथ काम गरिरहेका छौं ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार