काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको बलम्बुमा नयाँ शाखा खोलेको छ । बैंकका अध्यक्ष टुकप्रसाद पौडेल र ब्राण्डदूतद्वय मदनकृष्ण श्रेष्ठ÷हरिवंश आचार्य (महजोडी) ले नयाँ शाखा उद्घाटन गरेका हुन् ।
महजोडीले सानिमा बैंकको उत्तरोत्तर प्रगतिको कामना गर्दै बलियो र भरपर्दो बन्न शुभकामना दिए । बैंक अध्यक्ष पौडेलले ग्राहक र सरोकारवालाहरूप्रति कृतज्ञता व्यक्त गर्दै थप गुणस्तरीय सेवा दिन प्रतिबद्ध रहेको बताए । सात प्रदेशमा सो बैंकले कूल ११८ शाखा कार्यालय र ९७ एटिएम मेसिन विस्तार गरेको छ ।