free website hit counter

बलात्कार मुद्दामा जुटेका यी प्रमाण

beemaadmin
२०७८ चैत्र ४, शुक्रबार

काठमाडौं । नाबालिग बलात्कार आरोप लागेका अभिनेता पल शाहविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय नवलपुर (नवलपरासी पूर्व) ले आधा दर्जन प्रमाणहरु जुटाएर कलाकार पल शाहविरुद्ध जबर्जस्ती करणीको मुद्दा दायर गरेको छ । प्रहरीले पेश गरेको अनुसन्धान प्रतिवेदनका आधारमा शाहमाथि १४ देखि १६ वर्षसम्मकी किशोरी बलात्कारको अभियोगमा अधिकतम ९१४ वर्ष० कैद सजायको मागदावी गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी प्रज्वल महर्जनका अनुसार, पीडितको बाबुको जाहेरीका आधारमा अनुसन्धान अघि बढेपनि अन्य प्रमाणहरुले त्यसको पुष्टि गरेकाले मुद्दा दायर भएको हो । हामीले सबै कोणबाट हेर्दा घटना पुष्टि हुने आधार र प्रमाण फेला पारेका छौं, एसपी महर्जनले भने, १४ वर्षदेखि १६ वर्षकी बालिका बलात्कारको आरोपमा १२ देखि १४ वर्ष कैद सजायको व्यवस्था छ । हामीले अधिकतम सजाय हुनुपर्छ भनी मागदाबी गरेका छौं ।
प्रहरीले ६ फरक प्रमाणले बलात्कारको पुष्टि हुने दाबी गरेको छ । पीडितका बाबुले जाहेरीमा उल्लेख गरे अनुसार, सुटिङका क्रममा कलाकार शाहसहित पीडित र अरु व्यक्तिहरु ७ चैत २०७७ मा गैडाकोट रिसोर्टमा थिए । त्यही दिन राति कलाकार शाह पीडितको कोठामा प्रवेश गरेर जबर्जस्ती गरेको अभियोगमा उल्लेख छ । त्यो व्यहोरालाई पीडितले प्रहरीसँगको बयानका क्रममा समेत पुष्टि गरेकी छन् ।

नवलपुरका सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीका अनुसार, रिसोर्टको अभिलेखले कलाकार पल शाह जाहेरीमा उल्लेख गरिएको दिन त्यहाँ पुगेको र पीडितसमेत त्यही दिन रिसोर्टमा बसेको पुष्टि हुन्छ । रिसोर्टका सञ्चालकको बयानले त्यो दिन कलाकारहरु रिसोर्टमा बसेको बयान त गरेका छन् नै, साथसाथै कलाकार शाहले मदिरा सेवन गरेको समेत उल्लेख छ । यसबाहेक कलाकार दुर्गेश थापाले समेत बयान गरेका छन् । उनले त्यो दिन आफू समेत रिसोर्टमा गएको र पीडितका साथै कलाकार शाह पनि त्यहीँ रहेको बयान दिएका छन् । त्यसबाहेक सञ्चारमाध्यमहरुमा सार्वजनिक भएको अडियो रेकर्डसमेत अभियोगपत्रका साथमा प्रमाणको रुपमा पेश भएको छ, जसमा कलाकार शाहले ‘शारीरिक सम्बन्ध भएकै कारण आफूले पीडितलाई विवाह गर्न बाध्य नहुने’ अभिव्यक्ति थिए ।
मुलुकी अपराध संहिता ऐन–२०७४ अनुसार बलात्कारको घटनामा एक वर्षको हदम्यादको व्यवस्था छ । गतवर्ष ७ चैतमा घटना भएकाले आगामी सोमबारभित्र मुद्दा दायर भइसक्नुपर्ने थियो । तर बीचमा सार्वजनिक विदा परेकाले प्रहरीले जोखिम लिन नचाहिं हदम्याद सकिनुभन्दा केही दिनअघि नै मुद्दा दायर गरेको हो । नवलपुर जिल्ला अदालतका वैतनिक वकिल दीपक भट्टराईका अनुसार, शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा अनुसन्धान चलिरहेकाले त्यहाँ मुद्दा दायर भएपछि नवलपुरमा ल्याइने छ । शाहविरुद्धको जाहेरी एउटा टुंगो लाग्छ, मुद्दा दायर भयो भने त्यसक्रममा थुनछेक आदेश हुन्छ । त्यसपछि मात्रै आरोपितलाई नवलपुरमा ल्याइनेछ, उनले भने, दुवै अदालतमध्ये कुनै एकले थुनामा राख्नु भनी आदेश गरेमा आरोपित थुनिनुपर्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार