free website hit counter

बाबुराम चौथो बन्दा करिष्मालाई खसखस

beemaadmin
२०७७ जेष्ठ २६, सोमबार

कुनै बेला बाबुरामको पछि लागेर राजनीतिमा लागेकी नायिका करिश्मा मानन्धरले समाजवादी पार्टीले कुशल नेता चिन्न नसकेको आरोप लगाएकी छिन् । नेता बाबुराम भट्टराईको पक्षमा बोल्दै उनले राजनीतिक उचाईलाई पदले निर्धारण नहुने पनि स्पष्ट पारेकी छिन् । समाजवादी पार्टी दर्ता गरेसँगै भट्टराईको नाम चौथौ वरियतामा राखेकोमा करिश्माले मधेसी नेताहरुले भट्टराईलाई कदर गर्नुपर्ने बताएकी हुन् । करिश्माले आज कमल थापाको ट्विटलाई रिट्विट गर्दै लेखेकी छिन्, ‘कमल थापाज्युको कुरामा सहमत छु, डा बाबुराम भट्टराईलाई तीन वर्षको सहयात्रामा अलिअली चिन्ने मौका पाएको छु, जसरी उहाँलाई नकारात्मक प्रकारले ब्याख्या गरिन्छ त्यो पट्टकै होइन, उहाँको राजनीतिक उचाई वाहाँको पदले निर्धारण गर्ने होइन, मधेसी नेताहरूले वाहाँको महत्त्वको कदर गर्नु पर्छ । संकीर्ण भएर पदलाई महत्त्व दिनु भन्दा पनि फराकिलो भयेर पार्टीले बोकेको विचारलाई बलियो बनाउनु पर्छ । नभुलौ समतल सहज भौगोलिक स्थिति र सुन फल्ने खेति योग्य जमिन र विभिन्न औद्योगिक कलकारखाना हुदाहुदै पनि किन तराई पछि छ । त्यो नेतृत्व बलियो र दुरदर्शि नभएर हो तेसैले अफ्नो नेता चिन्नुस ।’

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार