free website hit counter

बालुवाटारले वास्ता नगरेपछि ‘पाए’ घर फर्किन तयार

beemaadmin
२०७८ जेष्ठ २३, आईतवार

काठमाडौं । नेकपाको एकता सम्मानित सर्वोच्च अदालतले भताभुंग बनाएपछि सबै आ–आफ्नै थातथलोमा फर्किए, तर एक थान मन्त्रीको लोभमा माओवादीका केही नेता एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलकै पक्षमा शतिसालझैं उभिए । उनीहरुको यो अडानपछि पार्टीले उनीहरुको सांसद पद खोस्यो, सर्वोच्चले मन्त्री पद ।

अहिले उनीहरु घर न घाटको अवस्थामा छन् । एमालेभित्रै पदको भागवण्डा मिलेको छैन भने माधव नेपाल र झलनाथ खनालको घर छाड्ने धम्की जारी नै छ । एकातिर मन्त्री पद खोसिएको र अर्कोतिर एमालेभित्र आन्तरिक किचलोको पेलाइमा परेका कारण बादल, टोपबहादुरसहितका पूर्व माओवादी नेताहरु मिल्थ्यो भने पुरानै अवस्थामा आउन चाहन्छन् । बालुवाटार र महन्थहरुको सहकार्यले छाँयामा परेको महसुस गरेका पूर्वमाओवादी नेताहरु पछिल्लो समय प्रधानमन्त्री ओलीसँग चिढिएका छन् ।

राष्ट्रियसभामा बादलको पराजयदेखि अदालतको आदेशसम्म बालुवाटारको चाहनाअनुसार नै भैरहेको आमचर्चाका बीच उनीहरु एमाले छोड्ने सोचमा पुगेको विश्वस्त स्रोतले बताएको छ । मन्त्री पद छउन्जेल माधव नेपालहरुलाई एमालेमा स्वागत गर्छौँ भन्ने टोपबहादुर अहिले माओवादीले स्वागत गर्दिए हुन्थ्यो भन्ने अवस्थामा पुगेको बताइएकोछ । जेठ ६ गते सर्वोच्चले मन्त्रीका रुपमा काम नगर्नू भनेर आदेश दिएपनि उनीहरुले पुल्चोकस्थित क्वार्टर छाडेका थिएनन् ।

अदालतले मन्त्रीका रुपमा काम नगर्नू मात्र भनेता पनि ओलीले सबै कुरा आफू अनुकूल गराएर आफूहरुको हकमा भने “युज एण्ड थ्रो” को नीति अवलम्बन गरेको महसुस उनीहरुले गरेका छन् । प्रधानमन्त्री ओलीले अस्ति जसपाको महन्थ खेमाका १० जनालाई मन्त्री नियुक्त गरेपछि बादलहरु अहिले डेरा सर्ने तयारीमा छन् । टोपबहादुरले आफ्नो सम्पर्क सूत्रमार्फत प्रचण्डसम्म कुरा पुर्याइ सकेको बताइएको छ । तर अध्यक्ष प्रचण्ड भने संकटका बेला युद्ध मैदानबाट टाउको लुकाएर बसेका पूर्व माओवादीलाई सहजै स्वीकार गर्ने पक्षमा नदेखिएको बताइन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार