free website hit counter

बालुवाटार छिरे रवि

beemaadmin
२०८० बैशाख १७, आईतवार

काठमाडौं । चितवन र तनहुँबाट निर्वाचित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थनको विषयमा पुनर्विचार गर्ने भनिए पनि सभापति रवि लामिछाने बालुवाटार छिरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। आइतबार बिहान रवि बालुवाटार पुगेका हुन्। उपनिर्वाचनमा चितवन २ बाट भारी मतान्तरले विजयी भएका रविलाई प्रधानमन्त्रीले बधाई ज्ञापन गरेका छन्। यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा रवि फराकिलो मतसहित विजयी भएका थिए। मंगलबार सार्वजनिक अन्तिम परिणामअनुसार लामिछाने ५४ हजार १७५ मतसहित विजयी भएका हुन्। दोस्रोमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार ११४ मत पाएका थिए। गत मंसिर ४ गते रवि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। तर गरिकता मुद्दामा दोषी ठहर भएपछि रविको सांसद पद गत माघ १३ गते गुमेको थियो। त्यहीकारण चितवन २ मा यही वैशाख १० गते उपनिर्वाचन गरिएको हो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार