काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आज पदबाट राजीनामा दिँदैछन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय कार्यालय स्रोतका अनुसार आज मेयर पदबाट राजीनामा दिएर बालेन रास्वपा बैठकमा सहभागी हुनेछन् । महानगरको मेयर पदबाट राजीनामा दिएर बालेन दिउँसो २ बजे सुरु हुने रास्वपा केन्द्रीय समितिको बैठकमा सहभागी हुनेछन्। रास्वपाको आजको बैठकले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फबो सिट टुंगो लगाउने छ । बालेनले रास्वपाबाट फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा झापा क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारी गरेका छन् । बालेनले केपी ओलीसँग झापा गएर चुनाव लड्ने निर्णय गरेका हुन् । रास्वपाले बालेनलाई पार्टीको वरिष्ठ नेता बनाएर भावी प्रधानमन्त्रीका रुपमा चुनावमा अगाडि सार्ने सहमति गरिसकेको छ । रास्वपाले बैठक अगाडि घण्टी घरमा बालेनलाई भव्य स्वागतको तयारी गरेको छ ।