free website hit counter

बिज्ञ सञ्चालकमा ओली

beemaadmin
२०७७ भाद्र ६, शनिबार

काठमाडौं । बीमा व्यवसायको नियामक निकाय बीमा समितिको बिज्ञ सञ्चालकको रुपमा कपिलदेव ओलीलाई पुनः नियुक्त गरिएको छ । अर्थमन्त्रालयले एक पत्र पठाउँदै मन्त्रीस्तरीय निर्णयबाट अधिवक्ता ओलीलाई बिज्ञ सञ्चालकको रुपमा पुनः आगामी चार वर्षको लागि नियुक्त गरेको जनाएको हो । उनी ओली एण्ड एशोसिएट्स ल फर्ममा आबद्ध छन् ।

यसअघि पनि चार वर्षसम्म बिज्ञ सञ्चालक रहेका ओलीको पदावधी गत चैत्र ४ गते सकिएको थियो । बीमा समितिको बिज्ञ सञ्चालक पद त्यस यता रिक्त रहँदै आएकोमा पुनः ओलीलाई नियुक्त गर्ने अर्थमन्त्रालयले निर्णय गरेको हो । बिज्ञ सञ्चालकमा नियुक्त ओलीले नेपाल ल क्याम्पसबाट स्नातक र पूर्वाञ्चल विश्व विद्यालयबाट एमपिए गरेका छन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार